बच्चा जन्माउन मन्त्री साइकलमा अस्पताल पुगिन्



अकल्यान्ड,(एजेन्सी)
न्युजिल्यान्डका महिला मामिला मन्त्रीले आफैं साइकल चढेर अस्पताल पुगी पहिलो बच्चा जन्माएको खवरले ठूलो चर्चा कमाइरहेको छ । गर्भवती भएको ४२ साता पुगेपछि ग्रिन पार्टीका जुली जेनटरले कारमा प्रशस्त ठाउन नरहेकाले साइक चलाएरै अस्पताल पुगेको सरकारी संचार माध्यमले जनाएको छ ।

उनले ‘ आइतवारको सुन्दर बिहान ’ को साइकल चलाईको आनन्दको शिर्षक दिँदै आफु र आफ्नो पार्टनर सहितको तस्वीरहरु इन्स्टाग्राममा सेयर गरेका छन् । गत जुन महिनामा नयुजिल्यान्डकै प्रधानमन्त्री जासिन्डा आर्डेन कार्यकालमै बच्चा जन्माउने विश्क ैदोश्रो नेतृ बन्न सफल भएकी थिइन् ।

आर्डेन र जेनटर दुवैले सरकारी अकल्यान्ड सिटी हस्पिटल पुगेकी हुन् । न्याुजिल्यान्डको यातायात सहायक मन्त्रस् समेत रहेकी चर्चित ३८ वर्षिया जेन्टरले खुल्ला शब्दमै साइकलिंगको वकालत गदै आएकी छिन् ।
अमेरिकामा जन्मेकी जेनटरले इलेक्ट्रिक साइकल चलाएकी हुन् । अस्पताल तर्फ जाने बाटो पनि भिरालो भएकाले उनलाई खासै कुन ैशारिरीक कठिनाई नभएके बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्