इन्डोनेसिया: पुन भूकम्प



जकार्ता,(एजेन्सी)
इन्डोनेसियाको लोम्वोक टापुमा आइतवार पुन ६ दशमलव ३ रिक्टर स्केलको भुकम्प गएको छ । केहि साता अघि मात्र त्यहाँ आएको शक्तिशाली भूकम्पको कारण ४ सय ७६ जना भन्दा बढि व्यक्तिको ज्यान गएको थियो ।

जमिनको सतह देखि ७ दशमलव ९ किलोमिटर गहिराईमा केन्द«विन्दु बनाई गएको यस पछिल्ला भुकम्पको कारण पहिरो समेत आएको सरकारी अधिकारीहरुले बताएक छन् । तर यसबाट के कति धनजनको क्षति भयो भन्ने खवर प्राप्त भइसकेको छैन । गत ५ अगष्टमा ६ दशमलव ९ रिक्टर स्केलको भुकम्प आएके थियो ।

प्रतिक्रिया दिनुहोस्