अमेरिका: समुह नै गर्भवती



मेसा,(एजेन्सी)
अमेरिकाको एरिजोना राज्यको मेसा शहर स्थित एउटा अस्पतालका १६ जना नर्स एकैपटक गर्भवती भएको संयोग चर्चाको विषय बनेको छ । सो अस्पतालको सघन उपचार कक्षमा कार्यरत कूल नर्सको संख्याको १० प्रतिशत यसरी गर्भवती भएक हुन् ।

यसबारे आयोजित पत्रकार सममेलनमा ख्याल ठटा गर्दै तिनीहरुले भनेका छन् , ‘ पानी मै केहि त्यस्तो विशेष कुरा हुनुपर्छ वा क्रिशमसको विदा सयुक्त रुपमा मनाउने यो योजना पनि हुन सक्छ । ति नर्सहरुमध्येबाट पहिलोसेप्टेम्वरमा र ढिलोमा जनवरीमा बच्चा जन्मिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्