इमरानको विदेशमन्त्रीमा कुरैसी, छोरालाई सपथग्रहणमा आउन दिएन



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले २० सदस्यिय मन्त्रिमण्डलको घोषण गरेका छन् । खानले आफनो विदेशमन्त्रीमा शाह महमुद कुरैसीलाई नियक्त गरेका छन् ।

कुरैसी पाकिस्तान तहरिक ए इन्साफका वरिष्ठ नेता हुन् । सन् २००८ मा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)को सरकार रहँदा पनि कुरैसी विदेशमन्त्रीमा थिए । उनी मुम्बइ हमला भएको दिन भारत मै थिए । पछि कुरैसी पीटीआईमा प्रवेश गरेका थिए ।

सुचनामन्त्रीमा नामांकित भएका फवाद चौधरीले शनिबार ट्विट गरि क्याबिनेटका मन्त्रीले सोमबार विहान सथथ लिने जानकारी दिएका थिए । कुरैसीले सन् २००८ मार्च देखि सन् २०११ सम्म पीपीपी सरकारमा विदेशमन्त्री सम्हालेका थिए । खानको मन्त्रीमन्डलमा १५ मन्त्री र ५ सल्लाहकार हुनेछ ।

मुम्बई कट्टरपन्थी हमलाको रात कुरैसी भारतमै रहेको पुर्व राष्ट्रपति प्रणब मुखर्जीले खुलासा गरेका थिए । उनले कुरैसीलाई सन्चार माध्यमसँगको कुराकानीलाई रोकेर चाँदो भन्दा चाँदो देश छोडेर जान भन्नु परेको बताएका थिए । उक्त घटनापछि कुरैसीले पाकिस्तान पिपल्स पार्टी त्यागेर इमरानको पीटीआईमा प्रवेश गरेका थिए ।

त्यसैगरी खानले परवेज खटकलाई रक्षा मन्त्री र असद उमलाई अर्थ मन्त्रीमा नियुक्त गरेका छन् । इमरानले आफनो क्याबिनेटमा ३ महिलालाई पनि स्थान दिएका छन् । यसमा सिरिन एम. मजारी, जबैदा जलाल र फेहमिदा मिर्जा परेका छन् ।

छोरालाई सपथग्रहणमा आउन दिएन
पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पुर्व पत्नी जमेमिा गाल्डस्मिथले प्रधामन्त्रीको सपथ ग्रहण समारोहमा उनका छोराहरु आउन चाहेको तर इमरानले रोेकेकोमा असन्तुष्ट ब्यक्त गरेकी छिन् ।

पाकिस्तानमा जुलाई २५ मा सम्पन्न आमचुनावमा सबैभन्द बढी सिट हासिल गरी प्रधानमन्त्री पदको समथ लिएका पुर्व क्रिकेटर इमरान खानकी पहिलो पत्नी गोल्ड स्थिथले बधाइ दिँदै उनका २० बर्ष भन्दा लामो संघर्षको पनि स्मरण गरेकी थिइन् ।

पछिल्लो ट्विटमा गोल्डस्मिथले इमरानले उनीहरुका पाकिस्तान आउन रोकेको उल्लेख गरेकी थिइन् । सुरुमा पत्रकार मेहर तरारले ट्विटमा जेमिमालाई ट्याग गरी ट्विट गरेका थिए , जेमिमा, सुलामान र कामिलाई धेरै धेरै बधाइ । जेमिमा इमरानसँग हुँद नै उनले आफनो राजनितिक करियर सुरु गरेका थिए ।

यसका लागि उनलार्य धेरै धन्यबाद । उनका छोराहरुलेपनि आफना पिता एक देशका प्रधानमन्त्रीका रुपमा काम गरिरहेकोमा गर्भ महसुस गरुन, जसलाई धरै समर्पण र काम गर्न आवश्यक छ ।

उक्त ट्विटको जवाफमा जमिमाले धन्यवाद दिँदै छोराहरु दुखि भएको उल्लेख गरेकी छिन् । उनीहरु पिताको सपथग्रहणमा जान चाहेको तर इमरान खानले उनीहरु नआउन भन्नेमा अडान लिएको उनले बताइन् । यसले छोराहरु अत्यन्त दुखित भएको पनि उनले ट्विटमा उल्लेख गरेकी छिन् । टिवटमा उनले अपमान, बाधा तथा बलिदानको २२ बर्ष पछि आफना छोराका पिता पाकिस्तानका प्रधानमन्त्री बन्न लागेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्