अमेरिका: कमान्डरहरु प्रतिबन्धित



वासिङटन (एजेन्सी)
अमेरिकी अर्थ मन्त्रालयले मानवअधिकार उलंघन गरेको आरोपमा म्यान्मारका ४ कमान्डर र दुई सैन्य इकाइमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित गरिएका कमान्डर म्यान्मारबा सैन्य तथा सीमा सुरक्षा प्रहरीका सदस्य भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

त्यसैगरी ३३ औ ‘लाइट इन्फेन्ट्री डिभिजन‘ र ९९ औ एलआइडीसँगै ती कमान्डरहरुलाई रखाइन प्रान्तमा जनजाती समुह सफाया गर्ने अभियानमा संलग्न रहेको आरोप लगाइएको छ । उनीहरुमाथि कचिन र शान प्रान्तमा ब्यापक रुपमा मानव अधिकारको दुरुपयोग तथा उलंघन गरेकोमा दन्डित गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्