एनआईसी एसिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटलबीच सम्झौता



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक र नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका ग्राहकलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ अफिसर जयेन्द्र रावल र हस्पिटलको तर्फबाट नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गर्नुभयो ।

बैंकका २३७ शाखा कार्यालय, २३० एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १८२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५४ अर्ब तथा कुल कर्जा १२७ अर्ब लगानी गरेको छ ।बैंकका ग्राहक साढे १२ लाखभन्दा बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्