डिसहोम अब फ्रिमा



काठमाडौं, (नेस)
डिसहोमले डिसहोम फ्रि अफर योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ १ गते शुरु भई सीमित अवधिको लागि लागँ हुने कम्पनीले जनाएको छ ।

सरकारले लागू गरेको अनिवार्य डिजिटलाइजेसनको नीति लागू भइसकेको अवस्थामा ग्राहकलाई सजिलै गुणस्तरीय डिसहोमको सेवा प्रदान गर्नका लागि र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागँ गरिएको पे्रस विज्ञप्तिमा उल्लेख छ ।

डिसहोमको जडान उपकरणहरु फ्रिमा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहक गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्सबिनाको एनालग सेवा हेरिरहेका ग्राहकलाई यो योजना निकै आकर्षक हुने देखिएको छ ।
डिसहोम केही समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्