मौलाउँदो गान्धी मोह



भारतीय प्रधानमन्त्री राजिव गान्धी जनतासँग अन्तक्रिया र भेटघाट गर्न रुचाउँथे । एक दिन कुनै प्रान्तमा पुग्दा रातो र हरियो खुर्सानी थुप्रो सुकाएको देखेपछि उनले कृषकलाई प्रश्न गरेछन्–‘कुन चाहिँ महंगो दाममा विक्छ ?’

‘रातो’ भन्ने जवाफ आए लगत्तै गान्धीले कडा निर्देशन दिर्दै भनेछन्–‘त्यस्तो दामै नहुने हरियो रोप्दै नरोप्नु, रातो मात्रै खेती गर्नु, सरकारले सक्दो सहयोग गर्छ ।’

विचरा उनलाई के थाहा, खुर्सानी कसरी हुर्किन्छ, कहिले टिप्ने समय हुन्छ, रातो कसरी बन्छ । यता हाम्रा मन्त्रीहरु पनि बेला मौकामा अनुगमनमा जान्छन्, जनताका समस्या सुनेको बुझेको बताउँछन्, अनि समस्याबारे सरकार गम्भिर रहेको बताउँदै आवश्यक बजेट छुट्याउने भन्न पछि पर्दैनन् । विषयको गाभिर्यताबारे के कस्तो हो भन्ने बारेमा हाम्रा मन्त्री र नेताहरु चासो लिदैनन्, अनि निधक्क प्रस्तुत हुन्छन् गान्धी शैलीमा ।

अहिले केन्द्र र प्रदेशमा मन्त्रीहरुको झुण्ड ठूलै छ, अनि विज्ञ र सल्लाहकारको सूची पनि लामै छ भन्ने सूनिन्छ । तर सल्लाहकार पनि उही ड्याङका मुला भएर हो क्यार गान्धी शैली राम्रै फस्टाइरहेछ । हरेक सरकारका प्रधानमन्त्री र मन्त्री अनि नेताहरुले यही शैली दोहो¥याउन हत्तै गर्छन् भने ‘गान्धी मोडेल’ भनेर परिभाषित गरे कसो होला ?

प्रतिक्रिया दिनुहोस्