‘सरकारले अनावश्यक कर बढायोः विश्वकर्मा



बैतडी ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सरकारले अनावश्यकरुपमा कर बढाएको बताउनुभएको छ ।

पूर्वमन्त्री विश्वकर्माले सरकारको नेतृत्व गरेको दलले निर्वाचनका बेला जनतासामु गरेका वाचा पूरा गर्न नसकेको आरोप लगाउँदै जनतामाथि बोझ मात्र थपेको बताउनुभयो ।

काङ्ग्रेस बैतडीमा देखिएको विवाद समाधानका लागि केन्द्रीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै आज यहाँ आउनुभएका नेता विश्वकर्माले सरकारका गलत गतिविधिका विरुद्ध बलियो प्रतिवाद गर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्