भारतीय सेनाका कर्नेल २० राउण्ड गोलीसहित पक्राउ



काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षिय भारतीय सेनाका कर्नेल बलबहादुर पुन रहेका छन् । बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा कर्नेल पक्राउ परेको हुन् ।
कर्नेललाई महानगरीय प्रहरी वृत्त गौशालामा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्