लामखुट्टे भगाउन सल्काएको आगोले घर नै सखाप



सीताराम चौधरी, कपिलवस्तु ।
लामखुट्टे धपाउन सल्काएको आगोबाट कपिलवस्तुमा एक फुसको घरमा आगलागी हुँदा ३ लाखको क्षति भएको छ । आगोमा परी दुई बाख्रा मरेका छन् । भने ५ पशु चौपाया जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका १, कुकुरभुकुवा बस्ने बुधराम केवटको एक तल्ले फुसको घरमा आगो लाग्दा धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।
आगलागीबाट १ भैंसी, ४ गोरु, १ गाई जली घाइते भएको प्रहरी निरीक्षक बोगटीले बताउनुभयो । यस्तै आगोले घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडाकुँडा, खाद्यान्न सम्पूर्ण जलेर नष्ट भएको प्रहरीको भनाई छ । राति १ बजे लागेको आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको बताइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्