अनुगमन तिव्र पारिन्छः गृहमन्त्री बादल



काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय अन्तर्गतका निकायहरुको अनुगमन तिब्र पारिने बताउनुभएको छ ।
आज गृहमन्त्रालयमा बसेको आ.व. २०७४÷०७५ को वार्षिक समिक्षा तथा मन्त्रीस्तरीयसमस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले अनुगमन माथि अनुगमन हुने गरी यसको दायरा समेत बिस्तार गरीने बताउनुभयो ।
उहाँले कर्मचारी र सुरक्षा निकायमा आफ्नो कामप्रति संकल्प र प्रतिवद्धता बढाउँदै लगि परिणाम निस्कने गरी काम गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ आफुले चलाउने कम्प्युटर धुलाम्मे हुँदा समेत कम्प्युटरको धुलो नपुछी काम गर्नेले आफ्नो जिम्मेवारी पुरा गर्न सक्दैन । ’’
कार्यसम्पादनलाई सफल पार्ने गरी निरन्तर निति तथा योजना बनाउन उहाँले निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ सँधै बिभिन्न निकायबीच समन्वयको खाँचो रहेको भन्दै कार्यपत्र आउने गरेको छ । अब त्यस्तो गुनासो नसुनाउने गरी सम्बन्धित निकायबिच समन्वय गर्न निरन्तर बैठक बस्नुहोस् । ’
कार्यक्रममा मन्त्री थापाले मन्त्रालयले दिएको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सुशासनका लागि प्रतिवद्ध भएर काम गर्न मातहतका निकायहरुलई निर्देशन दिनुभयो ।
गृहसचिव प्रेमकुमार राईले परिणाम निश्कने गरी काम गर्न ईच्छाशक्तिको विकास गर्न आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
बैठकमा गृह मन्त्रालय अन्तर्गतको योजना, अनुगमन तथा मुल्यांकन महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र लगायतले आफ्ना निकायको गत आ।व।को बजेट तथा कार्यक्रमको अवस्था र आगामी कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्