विराटनगर महानगरका मेयरलाई सुरक्षा गार्ड



सरोज यादव, विराटनगर ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले सुरक्षाको चुनौती बढेको भन्दै सुरक्षा गार्ड लिएका छन् । केही दिनअघि मात्र विराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि सुरक्षा चुनौती बढेको भन्दै उनले गार्ड लिएका हुन् । जिल्ला सुरक्षा समितिको आइतबार विराटनगरमा बसेको बैठकले मेयर पराजुलीलाई सुरक्षा गार्ड दिने निर्णय गरेको हो ।

सुरक्षा समितिको बैठकको निर्णय आए लगत्तै पराजुलीले सुरक्षा गार्ड लिएर हिँड्न थालेको मेयरका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए । मेयरले सुरक्षा गार्ड लिएर हिँडे पनि कार्यालयको सुरक्षाको लागि राखिएको सीसी क्यामेराको फुटेज नपाउँदा प्रहरीलाई भने बम आक्रमण गर्नेको पहिचान गर्न समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले कार्यालयको सुरक्षाको लागि भन्दै राखिएको सीसी क्यामेराको फुटेज नभेटिएपछि प्रहरीलाई काम गर्न गाह्रो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्