इप्रकामा एकहप्ता भित्र कर्मचारी पठाइने



दिपेन्द्र शर्मा, सुर्खेत ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले एक हप्ता भित्र इलाका प्रशासन कार्यालय बाबियाचौरमा कर्मचारी पठाउने वताएका छन ।
सुर्खेतमा भर्खरै मात्र सरुवा भएर नयाँ आएका प्रमुख जिल्ला अधिकारी यादव र प्रहरी उपरिक्षक वसन्त रजौरेले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित अन्तरक्रिर्या कार्यक्रममा उक्त कुरा वताएका हुन ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादवले पश्चिम सुर्खेतको बाबियाचौरमा रहेको इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुदा हुने समस्यालाई तत्काल हल गरिने वताए । सानो कामका लागी सुर्खेत पश्चिमका नागरिकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउनु परेको भन्दै अव त्यस्तो नहुने यादवले वताए । एक हप्ता भित्र इलाका प्रशासन कार्यालय बाबियाचौरमा कर्मचारी पठाउने र पश्चिम सुर्खेतका जनतालाई सेवा प्रवाह गर्ने ब्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।

अपराध नियन्त्रण पहिलो प्राथमिकता
अपराध नियन्त्रण गरि सुर्खेत जिल्लाको शान्ती सुरक्षा लाई पहिलो प्रथामिकतामा राखेर अगाडी वढने प्रमुख जिल्ला अधिकारी यादव र प्रहरी उपरिक्षक वसन्त रजौरेले वताएका छन ।
जिल्लाको समग्र शान्ति स्थापनालाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने उनिहरुले प्रतिवद्धता गरेका छन । यस कार्यका लागी सबै पक्षको रचनात्मक सल्लाह सल्लाह सुझावको अपेक्षा गरिएको तथा सबैसगको सहकार्यमा काम गर्ने प्रमुख जिल्ला अधिकारी यादवले वताए ।
अपराधको अनुसन्धान र नियन्त्रणलाई मुख्य योजना बनाएर जिल्ला प्रहरी कार्यालयका कामहरु अगाडी बढाइने सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक वसन्त रजौरेले वताए । अपराध अनुसन्धानसँगै यसको नियन्त्रणको लागि सचेतनामुलक कार्यक्रमहरु पनि संचालन गरिने रजौरले वताए ।
प्रहरी प्रमुख रजौरेले भदौ एक गतेदेखि लागु भएको नयाँ अपराध संहितालाई पूर्ण रुपमा लागु गराउने प्रतिवद्धता जनाए । ‘अहिलेको नयाँ कानुन पहिलेको जस्तो सहज छैन ,यसले अपराध गर्नेहरुलाई नियन्त्रणमा राख्छ रजौरेले भने । प्रहरीलाई देखेर जनता नभई अपराधि डराउने वातावरण बनाउने वातवरणको निमार्ण गरिने प्रहरी प्रमुख रजौरेले जानकारी दिए ।
हाम्रो काम कारवाहीबाट जनता डराउँदैनन्, बरु अपराध गर्नेहरु डराउँने वताउछु उनले भने । जिल्लामा बढ्दो मात्रामा देखिएको आत्महत्याका घटना र जुवातास नियन्त्रणको लागि आफु लागिपर्ने बताए । जुवातास खेल्नेहरुको लागि अहिलेको कानुन कडा छ’ उनले भने ‘जसले गर्दा यस्ता खालका गतिविधिहरु नियन्त्रण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्