रोल्पामा कांग्रेसको छायाँ सरकार अपेक्षा वढी, उपलव्धी शून्य



महेश न्यौपाने, रोल्पा ।
सरकारले गरेका राम्रा कामको रचनात्मक सहयोग र गलत कामको सशक्त प्रतिवाद गर्ने भन्दै नेपाली कांग्रेस रोल्पाले गठन गरेको छाँया सरकार कामयावी नभएको जिल्लावासीले गुनासो गरेका छन । अनियमितताका घटना भएपनि छायाँ सरकारले त्यसलाई रोक्न नसकेको जिल्लावासले आरोप लगाएका छन ।
कांग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी रहने गरि छायाँ सरकार गठन गरेको थियो । वडा देखी जिल्ला स्तर सम्म छायाँ सरकारको संरचना वनाएको थियो । निर्वाचनमा प्रत्यासी भई पराजय भएकाहरु जुन पदमा पराजित भए सोही पदकै छायाँ सरकारको जिम्मेवारीमा रहने गरि नेपाली कांग्रेस रोल्पाले गत फाल्गुनमा छायाँ सरकार गठन गरेको थियो ।
जनतावाट आएका उजुरी र असन्तुष्टीलाई छानविन गर्न जिल्ला समितिले निर्देशन दिएको छ नेपाली कांग्रेस रोल्पाका जिल्ला सदस्य पहलमान वलीले भने । स्थानीय तहमा सम्पादन भएका योजनाहरुको सुक्ष्म अध्ययन भईरहेकोले परिणाम नदेखिएको हो वलीले भने ।
सरकारका राम्रा कामलाई सहयोग गर्ने तथा गलत कामको शसक्त प्रतिवाद गर्न छायाँ सरकार गठन गरिएको नेपाली कांग्रेस रोल्पाका सभापती अमरसिं पुनले वताए । लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले भूमिका शसक्त वनाउन छाँया सरकार गठन गरेका हांै पुनले भने । सत्ताको आडमा स्थानीय तहमा संचालित योजनाहरुमा व्यापक अनियमितता भएको जनतावाट गुनासो आईरहेकोले त्यस्ता अनियमितता नियन्त्रणका गर्न छायाँ सरकार आवश्यक छ पुनले भने । अघिल्लो आर्थिक वर्षमा रोल्पाली जनताको विकासका लागी आएको अरवौ वजेट व्यापक व्रम्हलुट भई कार्यकर्ता पोस्न खर्च भएकोले त्यसको समेत सत्य तथ्य छानविन गरि कानूनी दायरामा ल्याउन छायाँ सरकारले सहयोग गर्छ पुनले भने । स्थानीय तहमा व्यापक अनियमितता भएको रिपोर्ट आएकोले छायाँ सरकारले त्यसको सत्य तथ्य छानविन गरिरहेको पुनले जानकारी दिए ।
नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकार प्रति जिल्लावासीको मिश्रित प्रतिकृया आएको छ । विकास निर्माणलाई पारदर्सि वनाउन तथा जनप्रतिनिधिलाई जनता प्रति जवाफदेही वनाउन यस्ता निगरानी समूहको जरुरी रहेको एकथरीको आँकलन छ । अर्को थरिले भने विरोधका नाममा विरोध गर्न यस्ता संयन्त्र वनाइएको आरोप लगाएका छन ।
एक प्रतिनिधि सभा, दुई प्रदेश सभा र दश स्थानीय तह रहेको रोल्पामा ७२ वटा वडा रहेका छन । प्रतिनिधि सभाको एक पद र प्रदेश सभाको दुवै पक्ष पूर्व माओवादी केन्द्रले जितेको थियो । यसैगरि १० स्थानीय तह मध्ये ७ पूर्व माओवादी केन्द्र, २ पूर्व एमाले र १ नेपाली कांग्रेसले जितेका थिए । पूर्व माओवादी केन्द्र र पूर्व एमालेको पार्टी एकीकरण संगै जिल्लामा ९ स्थानीय तह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कव्जामा छ भने नेपाली कांग्रेस १ स्थानीय तहमा खुम्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्