अटेरी जनता र मूकदर्शक प्रशासनले बिगारे राजधानी कै बस्तीहरू



आकाश घिमीरे, काठमाडौँ ।
हामीले नेपालमा यस्तो ठाउँ जहाँ भै परी आउँदा अत्यावश्यकीय कुरा, जस्तै स्थानीय स्तरका दमकल, अस्पताल र प्रहरी जस्ता सबै सेवा पाइने एउटा मात्र पनि बस्ती देखेको छौंरु देखेका छौं भने यो लेख तपाईको लागी एकदम फाल्तु छ, नपढ्नु होला। शुद्ध खानेपानी, बिजुली बत्ती, मान्छे हिड्नका लागी फुटपाथ, राम्रो ढल निकास भएका, जेब्ब्रा क्रशिगं र चोक चोकमा ट्राफिक लाईट सहितका फराकिला सडक, बालबालिका र स्थानीयको लागी खेल्ने ठाँउ र खुल्ला पार्क, प्रत्यक स्थानीय तहमा बारूणयंत्र सेवा, अस्पताल र सुरक्षाको लागी प्रहरी, यि चीज एउटा व्यवस्थित र सुरक्षित बस्तीका लागी नभई नहुने आधारभूत संयन्त्रहरू हुन। कुनै पनि ब्यवस्थित बस्ती बस्नु भन्दा पहिले नै माथी उल्लखित संयन्त्रहरू बनिसकेको हुनु पर्दछ, त्यस पछि मात्र त्यो ठाउँ बस्न योग्य हुन्छ। तर नेपालमा मैले एकै ठाउँमा यि सबै सुविधा भएका एउटा पनि बस्ती देखेको छैन। पुराना बस्तीहरू त पुराना भै हाले नयाँ बस्तीहरू त झन् यस्ता सुविधा संग परिचित पनि छैन्न कि झै भन्ने अबस्थामा छन्। यस लेखमा म राजधानी काठमाण्डौं का पुराना बस्ती भन्दा पनि नयाँ, भर्खरै बसेको एउटा प्रतिनिधी बस्तीको बारेमा कुरा गर्ने छु।

हरेक पल्ट नेपाल जाँदा म काठमाण्डौको कपन पुगेको नै हुन्छु, त्यता तिर मेरा धेरै आफन्तहरू बस्नु हुन्छ। तर हरेक पटक म बाटो बिराउछु। कपन र असन मलाई उस्तै लाग्छ।गल्ली गल्ली, कता बाट निस्कीदा कता पुगीन्छ भन्ने ठम्याउनै गाह्रो। हुन त कपन मेरो लागी नयाँ सहर हो किन भने म बिदेशींदा कपन तिर घर भन्दा धान खेत नै धेरै थिए। अहिले धान खेत त छदैं छैन। घर उम्रेका खेत मात्र छन् त्यो पनि प्राकृतिक रूपमा जथाभाबी उम्रेका। संरक्षण त गरिएको तर संबर्धन नगरीएको जंगल जस्तो। हुनत जंगलै त हो नि कंक्रीटको जंगल। हो मैले कपनको अब्यबस्थित शहरीकरणको कुरा गर्न खोजेको।

कपन देशमा संक्रमण कालमा बसेको बस्ती हो, देश भरीका मानिसहरू सुरक्षित बास खोजेर राजधानी शहर पसेका थिए र खेती योग्य जमिन सस्तोमा किन्दै पछि तेसैमा घर बनाए। ठिकै हो राजधानीको पनि कर्तव्य थियो, आफ्ना जनतालाई सुरक्षित बास उपलब्ध गराउनु। तर यस्तो नयाँ बस्दैं गरेको बस्ती कसरी अब्यबस्थित बन्न पुग्यो तरु शहरी बिकास प्रधिकरणको काम के त , शहरलाई ब्यबस्थित बनाउनु होइन ररु तर किन सकेनरु यत्रो ठुलो बस्ती बस्ने रहेछ, किन यस बारेमा कसैले सोचेन्नरु मलाई नै थाहा भए सम्म, म ८(९ बर्ष तिरको हुदोहुँ, मनडिखाटार आफन्तकोमा दशैंको टिका थाप्न जाँदा, त्यो मनडिखाटारको हाईटबाट पर पर सम्म फैलिएको हरीयो धान खेत साह्रै राम्रो देखीन् थियो, म धण्टौं बसेर हेरी रहन्थे। त्यस्तो धानको फाँट अहिले कसरी कंक्रिटको अब्यबस्थित जंगल बन्यो। २०११ को जनगणना अनुसार ४।६६ बर्ग किलो मिटरको कपनमा १२,३२४ घर धुरीमा ४८,४६३ स्थाई जनसंख्या बस्दा रहेछन, यो आँकडा २००१ मा भएको जनगणना भन्दा १२।११ प्रतिशतले बढी हो। यसरी द्रुतगतिमा बसेको बस्ती सरकारको बेवास्ताको कारणले कुरूप बन्यो।

कपनमा बस्ती बस्न शुरू भएको १८ औं अथवा १९ औं शताब्दीमा होइन यहि २१ औं शताब्दीमा हो। जुन बेला नेपालीहरूको चेतनाको तेस्रो नेत्र खुली सकेको थियो। हामीहरूलाई थाहा भै सकेको थियो शहर कस्तो हुनु पर्छ भन्ने। मोटर बाटो पुरायो, खेती योग्य जमिनलाई कित्ता काट गर्यो र त्यही मोटर बाटो मै जोडेर घर बनायो अनि किराना पसल थापेर शहर बन्दैन भन्ने कुरा नेपालीको मगजमा छिरी सकेको थियो। जनता त जनता भए, सरकारले किन रोक्न सकेन यस्तो अब्यबस्थित शहरको निर्माण। कानुन बनाएर पनि त्यसलाई जनतामा किन लाद्न सकेन।बिकास हुनु राम्रो कुरा हो तर अब्यबस्थित बिकासले क्षति मात्र हुन्छ। समयको क्षति, धनको क्षति कहिले काँही जनको क्षति पनि हुन्छ। एक बर्ष अगाडी काठमाण्डौं मै एक जना बलिका सडकमा आको बाडीले बगाएर लाँदै गरेको भिडीयो फेसबुकमा भाईरल भएको थियो अर्का एक जनाको त मृत्यु नै भएको थियो।पछिल्लो भुकम्पमा पनि धेरै जस्तो क्षती यही अब्यबस्थित स्थितीले भएको हो, घर संग घर जोडिएका छन्, खाली ठाउँ कतै छैन। केही भए दौडीदा दौडीदै त्यही घरले किचेर मार्छ। बस्तीको बिचोबिच बगेको धोबी खोलाको संरक्षण र सुरक्षित बनाउँने बारे यहाँ थोरैले मात्र बिचार गरेका होलान। वरीपरि बाट आएर मिसीयका ढल तथा जथाभाबी फालीएका जनवारका सिनोले यसको नजिकै बाट हिड्नै सकिन्न। सबै भन्दा प्रमुख कुरा त यसले गर्न सक्ने बिध्वंसको हो, जसको बारेमा सायद कसैले सोचेको होला।

शहर भन्नु केबल बाँगा टिंगा सडक र घरै पिछे तरकारी पसल, किराना पसल र भट्टि पसल हो तरु सरकारले किन यसलाई ब्यबस्थित गर्न सकेनरु जनताले किन सरकारले बनाएका नियममा आफ्ना बास बनाएनन्रु ठिकै छ तरकारी पसल र अन्य पसलले देशमा केही हद सम्म भए पनि बेरोजगारी संख्यामा कमी ल्याएको छ तर यही कुरा सरकारले चाहेको भए ब्यबस्थित तरीकाले गर्न सक्ने थियो र थोरै खर्चमा राम्रो आम्दनी गरेर जनतालाई ब्यबस्थित शहरको रूप देखाउन सक्थियो। खेतका आलीहरूलाई नै केही मीटर चौडा पारेर एउटा मोटर सम्म छिर्न बाटो बनाएको शहर पनि शहर हुन्छ कही।सडक पनि जस्तो आली घुमेका थिए त्यसरी नै भुमेका छन्। सरकार र प्रशासनले चाहेको भए राम्रो ढल निकास गरेर चौडा र मिले सम्म सिधा सडकहरू बनाई आधुनिक बस्ती बसाल्न कति पनि गाह्रो थिएन। कपनमा कम्तिमा पनि तिन वटा ब्यबस्थित सपिगं मलहरू बनाएर त्यसैलाई त्यही घरै पिछे पसल खोल्नेलाई भाडामा लगाको भए त्यस बाट सरकारले राम्रो आम्दानी गरेर रोजगारी पनि सिर्जना गर्न सक्थियो। नियम त बनेका थिए तर पलना गराउने र गर्ने ले नमाने पछि नयाँ बसेको शहर हेर्नु नहुने नराम्रो बन्यो। हाम्रो पुस्ताले प्राप्त गरेको नयाँ बस्ती बनाउँने सौभाग्य तेसै खेर गयो। सबै ठाउँ अस्त बेस्त। एउटा ठुलो खाल्को गाडी छिर्यो भने घण्टौं जाम, कति साना बाटा छन्, दोहोरो गाडी राम्रो संग दौडेको देख्न त परै जावस पैदल यात्री पनि बल्ल बल्ल हिडेका हुन्छन। सडकमा मान्छे हिड्ने बाटो र ठाउँ ठाँउमा बाटो कट्ने जेब्रा क्रशिगं छैन्न। पैदल यात्रु त्यो मोटर हिड्ने बाटोमा कति असुरक्षित छन्। यस्ता कुरा धेरै ठुला त होइन्न नि, धेरै बजेट पनि लाग्ने थिएन तर कस्ले रोक्यो र किन हामी जस्तो बन्यो तेस्तैमा रमायौं। यथास्थितीले गांजेको हाम्रो समाज ब्यबस्थित बस्तीको परिकल्पना गर्नु अब दिवा सपना मात्र बन्दै छ।

हाम्रो राजधानी कै पुराना बस्तीहरू समस्याग्रस्त छन् जुन समस्या संग हामी जहिले जस्तो जुधी राको छौं। त्यही आधारमा भए पनि नयाँ बनेका बस्तीको संरचना तयार गरीनु पर्थो। ति समस्या बाट हामीले सिक्न सक्थौ। जब कि हामीलाई शहर र समाज बिकासको अनुभव धेरै पहिले देखी छ। काठमाण्डौं उपत्यकामा बस्ती बस्न थालेको १६७ बि सी ९ ज्ञ ब्म्० भन्दा अगाडी देखी नै हो, जुन कुरा हांडी गाँउ र लुभुमा भेट्टीएका प्रमाणहरूले साबित गर्छ। लिक्ष्वी कालीन ९४०० ए। डी पछि० शिला लेखहरू त हाम्रा पुराना बस्तीहरूमा छदैछन्। यत्रो लामो अनुभव को आधारमा हामीले नयाँ बस्तीहरूको निर्माण किन गर्न सकेनौंरु जहिले, यसैले चल्दै छ चल्न दिउँ भनेर हुन्छरु कहिले सम्म यसो गर्नेरु हाम्रा पुराना बस्तीहरूका कमि कमजोरी केलाएर अहिलेको आधुनिक समाजलाई चाहिने नयाँ बस्ति बसाल्नुको साटो, पहिलेका कमि कमजोरीको ख़्याल नगरी पहिलेका भन्दा पनि असुरक्षित र अब्यबस्थित तरिकाले बस्ती बसालेका छौं। बोरू पुराना बस्तीहरू त्यो बेलाको समाजको माग अनुसार ब्यबस्थित र सुरक्षित बनेका थिए। तर नयाँ बन्दै गरेका बस्ती ति भन्दा पनि भयावह हुदैछन।
कपन त एउटा प्रतिनिधि उदाहरण मात्र हो। रिगं रोड बाट बहिरका सबै ठाउँहरू गएको २५ बर्ष भित्र बनेका हुन् तर ति यति अब्यबस्थित र असुरक्षित छन् कुरै नगरौं। सरकारले अहिले स्मार्ट सिटीको कुरा गर्दैछ, तर म त भन्छु स्मार्ट सिटी भन्दा पहिले यि बस्दै गरेका बस्तीहरूलाई ब्यबस्थित र सुरक्षित बनाउने पो हो कीरु अबका नयाँ बस्ने बस्तीहरूको निर्माण पनि सरकारले पुराना बस्तीहरूमा भएका कमी कमजोरीहरूको राम्रो अध्ययन गरी, त्यही अध्ययनको आधारमा हुनुपर्छ। एउटा बस्तीमा हुने संपुर्ण आधारभुत आवश्यकताहरू पुरा गरी बनाएका नयाँ ब्यबस्थित र सुरक्षित बस्ती नै देशको समृद्धीको सुचक पनि हो ।

प्रतिक्रिया दिनुहोस्