नायव सुब्बा रेग्मी घुससहित रंगेहात पक्राउ



काठमाडौं ।
सुनसरीको इटहरी उपमहानगरपालिका १० का वडा कार्यालय सचिव नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग होटल दर्ता प्रमाणपत्र बनाइदिने भन्दै १३ हजार घुस रकम लिदै गर्दा नायव सुब्बा बिदूर रेग्मी रंगेहात पक्राउ परेका हुन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
रेग्मीलाई उक्त उपहानगरको वडा नं. ६ को रोज रक मम घर होटलबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्