‘प्रकाण्ड’लाई संगठित अपराधको मुद्दा



तीन दिन हिरासतमा राख्न अनुमति

मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पुर्व मन्त्री खड्बहादुर विश्वकर्मालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले तीन दिनको म्याद दिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई आदेश दिएको छ ।

शुक्रबार सर्वाेच्च अदालत परिसरबाटै पक्राउ परेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले मागे अनुसारका म्याद अदालतले उपलब्ध गराएको हो ।

‘यस अघि पनि जिल्लामा दुई जना उक्त पार्टीका पोलिटब्युरो सदस्य एउटै अपराधमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले भने–‘उहाँहरुको म्याद पनि सोमबार थप्नु पर्ने भएकाले प्रकाण्डलाई पनि एउटै म्याद भित्र समायोजन गर्ने गरी तीन दिनको मात्रै मागिएको हो ।’ सोमबार अदालतमा थप अनुसन्धानका लागि तीनै जना उपस्थित गराउने प्रहरीले बताएको छ ।

प्रहरीले विश्वकर्मालाई जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्वर ६ चौकीडाँडा स्थित कुन्साङ्ग लामा लगायतले संचालन गरेको क्रसर उद्योगमा ६०÷७० जनाको अपरिचित नकाब लगाएको समुहले टिपर र स्काभेटर समेतमा आगजनी गरी ३ करोड बराबरको क्षति पु¥याएको र सोहि स्थानमा कुकर बम समेत फेला पारेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ ।

विश्वकर्माबाट बरामद भएको डायरीमा कुन्साङ्गको क्रसर आगलागीबाट १० करोड भन्दा धेरै क्षति भएको उल्लेख गरिएको प्रहरीले मुचुल्का तयार गरेको छ । क्रसर आगजनी पछि माओवादी कार्यकर्ताले चौकी डाँडामा नारबाजी गरेको स्थानीयहरुले बताएका छन् । प्रत्येकको हातमा लाठी, खुकुरी र झोलामा पेस्तोल समेत राखेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जानकारी दिएको छ ।

कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका ६ घर भएका खड्कबहादुर विश्वकर्मा प्रकाण्ड पुर्व पर्यटन मन्त्री हुन् । जर्बजस्ति चन्दा असुलीमा पक्राउ परेका प्रकाण्डलाई सर्वाेच्च अदालतले छाड्ने आदेश दिए लगत्तै भदौ १ गते उनी पक्राउ परेका थिए ।

यस अघि सोहि पार्टीका दुई पोलिटब्युरो सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो । तराईमा आयोजित केन्द्रिय कमिटीको बैठक सकेर फर्कने क्रममा प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो । पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जिवन्त’लाई प्रहरीले पक्राउ गरी २३ दिन देखि हिरासतमा राखेको छ । संगठित अपराध अन्र्तगत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले ६० दिनसम्म हिरासतमै राख्न पाउँछ । साउन १० गते विहिबार नै पक्राउ गरिएको परिवारले जानकारी दिएको छ । नेकपाले पक्राउ परेका नेताद्धयलाई बालाजु प्रहरी चौकीमा राखि जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याईएको थियो ।

सुर्खेत विरेन्द्रनगर घर भएका ५९ बर्षिय कार्की र धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका वडा नम्वर ३ घर भएका ५९ बर्षिय धमलालाई प्रहरीले आगजनी र सांगठनिक अपराधमा मुद्दा चलाउने गरी ७ दिनको म्याद थप गरेको छ ।

२०७५ बैशाख १ गते मध्यरातमा लामाको क्रसरमा आगजनी गरिएको थियो । त्यसको जिम्मेवारी नेकपाले लिएको थियो । यस अघि पक्राउ गरिएका दुई पोलिटब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन अहिले पनि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्