उपचारको क्रममा रहेका किशोर ११ दिनदेखि बेपत्ता



रामधन राई, खोटाब ।
उपचारको लागि काठमाडौं लगिएको खोटाबका १६ वर्षिय किशोर ११ दिनदेखि हराईरहेका छन् । सामान्य मानसिक समस्याको बिरामी रहेकाले उपचारका लागि काठमाडौं पु¥याईएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका शिबराम गुरुब पुरानो वानेश्वर नजिकैबाट हराईरहेका हुन् ।

अन्दाजी ४.५ फिट उचाई भएको सेतो भेष्ट र कालो ट्रयाक लगाएका गुरुब पुरानो बानेश्वरमा पर्ने भिमसेनगोलाबाट हराएको परिवारले जनाएको छ । हराएकै दिनदेखि खोजि कार्य तीब्र बनाई पनि नभेटिएपछि परिवार तनावमा रहेका छन् । विभिन्न ठाउँमा खोजी गर्दा समेत फेला नपरेपछि परिवारले गौशाला प्रहरी प्रभागमा निवेदन दिए पनि हालसम्म नभेटिएको उनका दाजु बलराम गुरुबले जानकारी दिनुभयो ।
समस्यामा रहेको परिवारले शिवरामलाई देख्ने वा भेट्ने महानुभावले नजिकको प्रहरी कार्यालयमा जानकारी गराईदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्