गाउँपालिकाको प्रगतीः वडा वडामा वाई–फाई फ्रि



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा ई–हाजिरी र ईन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वटै वडा कार्यालयमा ई–हाजिरी र ईन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक बर्षभित्रै सकिने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

हरेक वडा कार्यालयका लागी प्रसासनिक खर्चवाफत छुट्याईएको रु ५ लाख बजेटबाटै ई–हाजिरी र ईन्टरनेट जडान गर्न निर्देशन दिएको उनले बताए ।
गाउँपालिकालाई नै प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गरिन लागेको बताईएको छ । दोगडाकेदार गाउँपालिकाको कार्यालयमा गतबर्ष नै ई–हाजिरी ,ईन्टरनेट र सिसिटिभी जडान गर्ने कार्य सम्पन्न भईसकेको छ।

कार्यालयको सबै कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउनका लागि आधुनिक प्रविधिको प्रयोगमा दोगडाकेदार गाउँपालिकाले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्