क्यान्टिन चलाउनेले फसायो सैनिक अधिकृत



कृष्णउदास खनाल, वीरगन्ज ।
राजस्व छलीगरि भित्राइएको सामान सहित दुई ब्यक्ति र एउटा भारतीय स्कार्पीयो आवश्यक कारवाहीको लागि साउन १३ गते जिल्ला प्रहरी कार्यालय पर्साले बीरगन्ज भन्सार कार्यालय चलान ग¥यो ।
प्रहरीले भारतीय जेएच.०९.जे.३१११ नम्बरको गाडी सहित बीरगन्ज महानगर ८ दुर्गाटोलका गौतम चौरसिया र भारत बिहारको मोतीहारीका रामरोशन कुमारलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बिशेष सूचनाको आधारमा १२ गते शनिबार बेलुका बीरगन्ज महानगरको वडा नं ८ दुर्गाटोलबाट भारतीय गाडी नियन्त्रणमा लिएको थियो ।

गाडीमा तीन लाख मूल्य बराबरको ४ बोरा सिलप्याक रजनीगन्धा र ४ लाख मूल्य बराबरको मोटरसाइकलका पार्टपूर्जा रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । प्रहरीले गाडीबाट रजनीगन्धाको बट्टा, ८० थान, रजनिगन्धा सानो पुरिया ६,४८० पिस, रजनीगन्धा ठुलो पुरिया ५,०० पिस, तुलसी मसला १९० पिस र बाबा मसाला ९१६०० – ८० पिस बरामद गरेको जनाएको छ । बीरगंज भन्सार कार्यालय भन्दा अगाडि इलाका प्रहरी कार्यालय रहेको छ । भन्सार कटने बित्तिकै पनि प्रहरीको चेक प्वाइन्ट छ ।

दुर्गा टोल आइपुग्दा सम्म प्रहरीको अरु पनि युनिट पार गर्नुपर्छ । यतिका युनिटहरुको पकडमा नआएको स्कर्पीयो आफनो गन्तब्यमा पुग्नै लाग्दा प्रहरीले नियन्त्रणमा लियो । गौतम चौरसिया २५ लाख धरौटीमा छुटेका छन् ।
प्रहरीलाई नियन्त्रणमा लिनु भन्दा पहिले उक्त गाडीमा नेपाली सेनाको २८ नम्बर बाहिनी अन्तर्गतको चण्डी प्रसाद गणका दुईजना सैनिक अधिकृतहरु पनि उक्त गाडीमा बसेका थिए । गौतम चौरसिया सोही गणभित्र क्यान्टिन संचालन गर्ने व्यक्ति हुन् । चण्डी प्रसाद गणका दुईजना मेजर गौतम चौरसियाकै गाडीमा रक्सौल घुम्न गएका थिए ।

उनीहरु सन्नी चौरसियाको घरमा खाना खाएर उनीहरु फर्किएका थिए । फर्किने क्रममा नेपाली सेनाका दुवैजना मेजर चौरसियाको स्कार्पियोमा रहेका थिए । उक्त दिन गणपति कर्णेल सृजन बहादुर मल्ल विदामा गएको र इन्चार्ज राजु कार्की व्यारेकमा रहेका थिए ।

तर, उक्त अवैध गुट्खा भन्सार छली नेपाल भित्र्याउनका लागि गौतमले शक्तिको दुरुपयोग गरेको देखिएको छ । तर, गणपति सृजन बहादुर मल्लले भने दुवैजनालाई बचाउ गरेका छन् । कर्णेल सृजन बहादुर मल्लले गौतको गाडीमा आफ्ना अधिकृतहरु नभएको बताए।

गैतमको गाडीमा सैनिकहरु भएको कुरा गलत भएको उनको दाबी छ र गौतमले पनि आफ्नो गाडीमा आफू र चालक भन्दा बाहेक कोही नभएको बताए । तर,गाडीमा सेनाका मेजरहरु राधाकृष्ण खड्का र अनिलहरि पाँण्डे रहेका थिए ।

उनीहरुलाई हाल तालिममा पठाइएको र सेनाले आन्तरिक छानबिन गरिरहेको बताइएको छ । उनीहरुले भने आफूलाई गौतम चौरसियाले प्रयोग गरेको बताउने गरेको पाइएको छ । सोझा ती मेयरहरुलाई गौतमले ढाल बनाएर अबेद्य रुपमा सामान नेपाल भित्राउन खोजेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्