चेलीको मर्म भिडियोमा



रुकुम, (नेस)। कहाँ छेउ मेरी सानु, तीजमा पनि देख्न पाइनँ, कहाँ छेउ मेरी सानु, तिम्रो माया अजम्बरी मैले कसलाई भनुँ?

यस्तै भावनात्मक शब्द रहेको चेलीको मर्म तीज गीत सार्वजनिक भएको छ। नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका तीजमा प्रायः महिलाको वेदना समेटेर बनाइएका गीतहरु हिजोआज कमै मात्रामा सुनिन्छन्। तर, चेलीको मर्म तीज गीतमा स्थानीय मौलिक भाकालाई बढावा दिइएको छ। रुकुममा रहेर पत्रकारिता गर्दै आएका पत्रकार धनवीर दाहालको तीज कोसेली चेलीको मर्म सार्वजनिक भएको हो।

तीज नजिकिँदै गर्दा वर्षदिनमा चेलीले भोग्नुपरेको दुःख, पीडा र मर्मलाई समेटेर चेलीको मर्म नामक तीज गीत सार्वजनिक भएको हो। प्रेमपूर्ण भावले भरिएको गीतमा प्रेमी–प्रेमिकाको अजम्बरी सम्बन्धलाई जोडेर चेलीको वियोगान्त मर्म उठाउन खोजिएको छ। परिस्थितिले मान्छेलाई टाढा बनाएको अवस्थामा जहाँ गए पनि, जसलाई भेटे पनि दुःखै दुःख भोग्नुपरेको बाध्यताको मर्मस्पर्शी कथालाई गीतमा समेटिएको छ। गीतको लय शब्द पत्रकार धनवीर दाहालले तयार पारेका छन् भने गायक अमितबाबु रोकाय र गायिका शान्तिश्री परियारको स्वर रहेको छ। यसको म्युजिक भिडियो विक्रम चौहानले तयार पारेका छन्। भिडियोमा विमल अधिकारी र टीका जैसीले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्