म्याग्दी मगरलाई उपाधि



काठमाडौं, (नेस)
म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि जितेको छ । १० डोरको खेलमा १ सय १७ अंक जोड्दै म्याग्दी मगर समाजले उपाधि चुमेको हो । कुल १ सय २० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो ।

म्याग्दी मगरका जुलुक पुन,कमल पुर्जा,प्रवेश फगामी र हरि पुनले सतप्रतिसत नतिजा निकाल्दै १० डोरमा २० तीरलाई अचुक निशाना लगाएर समान २०÷२० अंक जोडेका थिए । दोश्रो स्थानमा रहेको नेपाल छन्त्याल संघले १० निशाना चुके पछि १ सय १० अंकमा चित्त बुझाएको थियो । त्यस्तै नेपाल जापान सम्पर्क समितिले तेश्रो स्थान कब्जा गदै १ सय ५ अंक जोड्न सफल भयो ।

थासाङ स्पोर्टस् क्लबको आयोजनामा संचालन भएको प्रतियोगितामा नेपाल छ्रन्त्याल संघका राजु छन्त्यालले दोहोरो उपाधि जितेका छन् । उनले ब्यक्तिगत स्पर्धाको खेलमा कुल १० अंक जोड्दै सर्वोकृष्ट धनुषधरको उपाधि जित्दै ३३ हजार ९ सय नगद प्राप्त गरे । उनले टिम स्पर्धामा २० अंक जोड्ने ७ खेलाडीलाई पछि पादै बिशिष्ट धनुषधरको उपाधि जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्