फिजीमा ८ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प, क्षतिको बिबरण अाउँदै



काठमाडौँ । फिजीमा ८ दशमलव २ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले जनाए अनुसार आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पले पूर्याएको क्षतिको विवरण आइसकेको छैन । त्यहाँका भूगर्भविद्हरूले शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा नरहेको बताएका छन । जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएकोले सुनामीको खतरा नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्