भ्याटिकन: दुख ब्यक्त



भ्याटिकन सिटी (एजेन्सी)
नर्कमा जाने त्रास देखाउँदै १ हजार भन्दा धरै बालबालिकाको यौन उत्पिडन तथा बलात्कार गरिएका मामिलालाई लिएर क्याथोलिक केन्द्र भ्याटिकनले ‘लज्जास्पद र दुखद‘ भएको प्रतिक्रिया दिएको छ । भ्याटिकनले ती घटनालाई आपराधिक तथा नैनिक रुपमा कलंकित बताउँदै पोप फ्रान्सिसले यस प्रकारको घटनाहरुलाई जरैदेखि अन्त्य गर्न चाहेको बताए ।

भ्याटिकन सिटीका प्रवक्ता ग्रेग बुर्केले पिडितहरुलाई आश्वस्त गर्दै पोप उनीहरुको साथमा भएको बताए । अमेरिकाको पेन्सलभेनियामा एक न्यायिक मन्डलले एक जाँचमा रोमन क्याथोलिक पादरीहरुले १ हजार भन्दा बच्चाहरुलाई यौन शोसन गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्