चिनियाँ सहरहरु आर्थिक संकटमा



बेइजिङ (एजेन्सी)
अमेरिकासँगको ब्यापार युद्ध चलिरहेकै बेला चीनका कयौं सहरमा आर्थिक संकट मन्डराइरहेको एक सर्वेक्षण प्रतिवेदनले दावी गरेको छ ।
विश्व भरका देशहरुमा आफनो ब्यापार ब्यवसाय फैलाउने प्रयासमा विभिन्न महत्वाकांक्षी परियोजनामा अकुट धन लगानी गरिरहेको चीनका ती सहरहरुको आर्थिक स्थिति कमजोर बन्दै गएको बताइएकोछ ।

हुनान प्रान्तको चांगदी जस्ता देशका कयौं सहरहरुको स्थिति नाजुक बन्दै गइरहेको र कयौं सरकारी परियोजना गति अत्यन्त सुस्त भइरहेको छ । साउद चाइना मर्निंग पोस्टको एक प्रतिवेदनमा चीनका कयौं सहर आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गरेको छ ।

६० लाख आवादी रहेको चांगदी सहरका ४४ बर्षिए बासिन्दा तथा दुई बच्चाका पिताले भने– यो मेरो कल्पना भन्दा परको हो । कयौं सडकहरु बन्नुले पुरै क्षेत्र अत्यन्त तिब्र रुपमा विकसित भएको छ तर अहिले कयौं सरकारी परियोजनाहरुमा काममा ढिलाइ भइरहेको छ ।

यो स्थिति चीनका अन्य सहरहरुमा पनि देखिएका छन् । तिब्र विकासका लागि यी सहरका स्थानिय प्रशासनलाई स्टेट बैंकिंग सिस्टमबाट सजिलै ऋण प्रवाह गरिएको थियो र प्रारुप विकासमा ब्यापक खर्च गरिएको थियो ।

सडक, पुल, विमानस्थल, रेलवे, गगन चुम्बी, सम्मेलन केन्द्र र खेलकुद मैदानमा सरकाको तर्फबाट ब्यापक खर्चका कारणले नै विगतको दशकमा चीनको आर्थिक बृद्धीमा तिबताले भएको थियो ।

यद्यपी यी सबै कार्यले नै बेइजिङमाथि प्रचुर ऋण थुप्रिन पुगेको थियो । बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सले मध्य २०१७ मा कुल ऋणलाई चीनको कुल गार्हस्थ उत्पादको द्द सय ५६ प्रतिशत बताइएको थियो । यसमा सबैभन्दा धेरै सरकारी उद्योग र स्थानिय सरकार जिम्मेवार छन् ।

चीनका राष्टपति सी जिनपिंगले वित्तिय जोखिम कम गर्नका लागि अर्थब्यवस्थामा कुल ऋणको स्तरलाई न्युनतम राख्न चाहेका छन् तर यो सहज भने छैन । चांगदी जस्ता सहरका विकासका लागि सरकारले लगानी गुर्न नै पर्ने हुन्छ । चांगदीलाई चीनको स्टालिनग्राड भन्ने गरिन्छ । किनभने सन् १९४३ मा यसले जापानीहरुलाई कडा चुनौती दिएको थियो ।

यो सहर क्षेत्रमा आर्थिक केन्द्रका रुपमा उदय हुन चाहन्छ । यो प्रान्तिय राजधानी चांगसाबाट रेलबाट मात्र २ घण्टाको दुरीमा पर्छ । यो चीनको ती सयौं सहरमध्यको एक हो, जसले आर्थिक परिदृष्यमा ठुलो भमिकामा आउने प्रयास गरिरहेका छन् ।

यद्यपी कयौं सहर जस्तै यसको विकासको मोडल र संरचनागत सुविधामा खर्च सरकारको अपेक्षा तथा बजेट भन्दा धेरै भएको छ । गत बर्ष चांगदीको आय १६ अर्ब युयान रह्यो जुन उसको कुल खर्चको एक चौथाई मात्र हो । त्यसको बाँकी पुर्ति बेइजिंग र चांगसाबाट भएको हो ।

यी सबै त्यसतो बेला भइरहेको छ जब बेइजिंगले सार्वजनिक तथा निजि साझेदारमा नियन्त्रण कडा पारेको छ जसले इन्फ्रास्ट्रक्चरमा लगानी गरिरहेको छ । त्यसैगरि बैंकहरु पनि तत्काल फाइदा नहुने क्षेत्रमा ऋण प्रवाह गर्न बचिरहेका छन् ।

सरकारी दस्तावेजका अनुसार कम्तिमा सहरका ७ ठुला परियोजना सुरु नै हुन नसकेको स्थितिमा छ । पुनर्निमाणका दर्जनौं परियोजना पनि छन जसमा सिटीका प्लानिंग एजेन्सीले काम गरिरहेका छन् ।

चांगदी डेभलपमेन्ट एन्ड रिफम कमिसनका अनुसार सरकारी ऋण समाप्त पार्ने र सरकारी खर्च रोक्ने नितिका कारण यो ढिलाई भइरहेको हो । यसैबीच केन्द्र सरकारले कयौं प्रान्तिय सरकारलाई अहिले नयाँ लगानी गर्ने विषयमा नसोचेर पुरानो चलिरहेका परियोजना सम्पन्न गर्नमा ध्यान केन्द्रित गर्न प्रष्ट निदेर्शन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्