चीन: एप्पलले गाडी ल्याउने



हङकङ (एजेन्सी)
आइफोन र म्याकबुक दिएर विश्वमा तहल्का मच्चाउने अमेरिकी प्रमुख टेक्नोलोजी कम्पनी एप्पलले आगामी केही बर्षमा गाडी ल्याउने भएको छ । हङकङ स्थित एक विश्लेषकले उक्त कम्पनीले सन् २०२३–२०२५को बीचमा आफनो गाडी ल्याउन सक्ने दावी गरेका छन् । कुओका अनुसार एप्पलले गाडीको बजारमा सन् २००७मा एप्पलको आइफोनले जस्तै क्रान्ति ल्याउने छ ।

केही दिन अगाडीमात्रै विज्ञहरुले एप्पलले गाडी परियोजना बन्द गरेको बताएका थिए । एप्पल आफनो सेवा र प्रविधिको कारोबारबाट १ हजार अर्ब डलरको पुँजी भएको पहिलो कम्पनी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्