मेक्सिको: महिला उद्धार



मेक्सिको सिटी (एजेन्सी)
मेक्सिको प्रहरीले ल्याटिन अमेरिका र पुर्वी युरोपका १सय महिलालाई देह ब्यापार तस्करहरुको हातबाट बचाउका छन् । मानव तस्करीको आरोपमा १८ जनालाई गिरफ्तार गरिएको छ । मेक्सिको सिटीको एक देहब्यापार केन्द्रमा छापामारी ती महिलाहरुलाई रिहा गरिएको सुरक्षा विभागले विज्ञप्तीमा उल्लेख गरेको छ ।

उद्धार गरिएका महिलाहरुमा ल्याटिन अमेरिका, मेक्सिको, अजेन्टिना, ब्राजिल, कोलोम्बिया, पाराग्वे, भेनेजुयला र पुर्वी युरोपका हंगेरी, युक्रेन र रुसका हुन् । ती महिलालाई रोजागारी दिने र मोडल बनाउने आकर्षण दिएर अपहरण गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्