राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन



जेनेभा, (एजेन्सी)
विश्वका अत्यन्त चर्चित कूटनीतिज्ञमध्येका एक तथा राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ । राष्ट्रसंघका लागि उनी पहिलो काला अफ्रिकी महासचिव पनि थिए ।

स्विजरल्यान्डस्थित उनको संस्थाले एक अज्ञात रोगका कारण उनको मृत्यु भएको शनिबार ट्विटमार्फत जानकारी दिएको हो ।

अन्नानले अप्रत्यक्ष रुपमा आफ्नो सम्पूर्ण जीवन राष्ट्रसंघमा प्रशासनिक भूमिका निभाएरै बिताए । कुलिन शैली, सुन्दर शान्त स्वभाव र राजनीतिक बुझाइले उनलाई सातौं महासचिव बन्नका मद्दत ग¥यो ।

‘जहाँ पीडा वा आवश्यक हुन्थ्यो उनी त्यहाँ पुगिहाल्थे र आफ्नो गहिरो करुणा र सहानुभूतिले धेरै भन्दा धेरै व्यक्ति उनी नजिक पुगेका हुन्छन्’ –उनको संस्थाले जनाएको छ ।

यसैबीच अन्नानको निधनमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मृत आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । परराष्ट्र मन्त्रालयले पनि उहाँको निधनमा शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यसै गरी राष्ट्रसंघको नेपाल कार्यालयले राष्ट्रसंघका दूरदर्शी पूर्वमहासचिवको निधन भएको बताउँदै गहिरो समवेदना व्यक्त गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्