जिप्रका दाङ शनिबार पनि खुल्ला रहने



दाङ ।
नागरिकलाई सहज तथा छिटोछरितो सेवा प्र्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङ शनिबार पनि खुल्ला रहने जनाएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठकाअनुसार आज पहिलो दिन कार्यालयबाट ६ जना सेवाग्राहीले सेवा लिएका छन् । तीमध्ये तीन जना नेपाली नागरिकताको प्रमाणपत्र, एक÷एक जनाले राहदानी र सवारी पासको सिफारिश तथा एक जनाले नाम थर प्रमाणित गराएका हुन् ।

प्रजिअ श्रेष्ठले शुक्रबार काम नसकिएर आइतबारसम्म सदरमुकाम बस्नुपर्ने सेवाग्राहीको बाध्यताको अन्त्य गर्ने र शनिबार समयको पनि सदुपयोग गर्ने गरी आफूले यो नीति ल्याएको जानकारी दिनुभयो ।

शनिबार सो कार्यालय बिहान ११ देखि २ बजेसम्म मात्र सञ्चालन हुनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्