‘बिरामीमाथि खेलवाड गर्ने कानूनको भागीदार’



काठमाडौँ ।
कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले इजाजत प्राप्त चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए कानूनको भागीदार हुनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री ढकालले बिरामीको उपचार गर्दा असल मनसाय नराख्ने, अनावश्यक दुःख दिने र लोभलालचमा फसेर बिमारीलाई पटकपटक झमेलामा पार्ने चिकित्सकमात्र कानूनको कठघरमा पुग्नेछन् भन्नुभयो ।

मन्त्री ढकालले चिकित्सकलाई आश्वस्त पार्दै भन्नुभयो, “असल नियत राखेर उपचार गर्दागर्दै बिरामीको मृत्यु भए चिकित्सकले कानूनी झमेला व्यहोर्नु पर्दैन ।”
रासस

प्रतिक्रिया दिनुहोस्