खोटाङमा शिक्षक मृत फेला



रामधन राई, खोटाङ ।
खोटाङमा एक शिक्षक मृत फेला परेका छन् । दिक्तेलस्थित दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार बिहान मृत फेला परेका हुन् । बिगत ७ वर्षदेखि दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक भट्टराई आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।
बुढीगंगा गाउँपालिका–७ मोरङ ठेगाना भएका शिक्षकको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान भइरहेको डिएसपी केसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्