संवाददाता शर्मा सम्मानित हुने



पर्वत ।
नेपाल समाचारपत्र दैनिकका पर्वत संबाददाता दुर्गाप्रसाद शर्मा सम्मानित हुनुभएको छ ।
पर्वतबाट सञ्चालित अनलाईन न्युज पोर्टल सुचनाकेन्द्र डट.कमले आफ्नो ५ औँ बार्षिकत्सवको अवसरमा पर्वत जिल्लाको पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै सम्मानित गरेको हो ।
पत्रकार सम्मान तथा साँगितीक साँझको अवसर पारेर संवाददाता शर्मालाई साँसद पदम गिरीले नगद सहित सम्मान गर्नुभयो । संवाददाता शर्माले बिगत दुई दशक देखि पर्वतमा बसेर ब्यबसायिक पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ प्रेस चौतारी नेपाल केन्द्रिय समितिको निर्वतमान बरिष्ठ उपाध्यक्ष तथा पत्रकार महासंघ पर्वतको पनि निर्वतमान अध्यक्ष हुनुहुन्छ । न्यु कालीगण्डकी दैनिकको समेत सम्पादक हुनुहुन्छ । उहाँ संग छापा, टेलिभिजन, रेडियो र अनलाईन सञ्चार माध्यममा काम गरेको अनुभब छ ।
संवाददाता शर्मा संगै पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष तथा मोदी कालीकाली दैनिकका सम्पादक एबम रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल र ठुलो पर्दा अनलाईन टिभीका सञ्चालक जीवन पराजुलीलाई पनि सम्मान गरिएको छ कार्यक्रममा सुचना केन्द्र डटकममा कार्यरत गणेश पौडेल, रञ्जना खत्री र कृष्ण अखेलीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्