भागवंत विश्वविद्यालयमा ५० प्रतिशत छुट



काठमाडौं ।
भारतको भागवंत विश्वविद्यालयले नेपाली विद्यार्थीलाई जुनसुकै कोर्षमा पनि ५० प्रतिशत छुट दिने भएको छ ।
विश्वविद्यालयका डिन डा. धर्मेन्द्र दुवे केही दिनदेखि काठमाडौं आउनुभएको छ । विश्वविद्यालयले १० वर्ष अघिदेखि नेपाली विद्यार्थी लगेर सहुलियतमा गुणस्तरीय शिक्षा दिँदै आएको डिन दुवेले बताउनुभयो । ‘ हामी सस्तो दरमा विद्यार्थीलाई पढाउँछौं तरपनि त्यसको प्रचारप्रसार गरेका छैनौं’ दुवेले भने ‘ जसले हाम्रो विषयमा बुझ्नुभएको छ, उहाँहरुले कहिल्यै पनि गुनासो गर्नुभएको छैन ।’ दुवेले शुक्रबारदेखि बागबजारको सताक्षी एजुकेशन फाउण्डेसनमा विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया र छलफल गर्दै आउनुभएको सताक्षीका प्रवन्ध निर्देशक उमेश ढुंगेलले जनाउनुभयो ।

भारतको यो विश्वविद्यालयमा मैले सुरुदेखि नै विद्यार्थीलाई अध्ययनको लागि पठाएको छु र सबैले शिक्षा लिएपछि रोजगारको अवसर पाएका छन्’ ढुंगेलले भने ‘ धेरै विद्यार्थीलाई अन्य देशका क्याम्पस र त्यहाँको शैक्षिक अवस्थाको बारेमा थाहा नहुन सक्छ त्यसैले यो अन्तरक्रिया गराएर विद्यार्थीलाई सबै कुरा बुझ्ने अवसर जुटाएका हौं ।’
‘पढ्ने चाहना भएका जेहेन्दार विद्यार्थीलाई शत प्रतिशत छात्रवृत्ति दिन्छौं, अरुलाई पनि उहाँहरुको प्राप्तांक र अन्य आधारमा बढीभन्दा बढी छुट दिन्छौं ’ डिन दुवेले भन्नुभयो ‘ जुनसुकै विषय पढेका नेपालका विद्यार्थी अन्य देशका भन्दा राम्रो शैक्षिक सफलता प्राप्त गरेको पाएका छौं ।’ विश्वविद्यालयमा पीएच्डी, बीटेक, एम्टेक, वीएस्सी एजी, एम्बीए, बीएड्, एम्एड्, एल्एल्बी, बीफार्मा, एम्फार्मा पढाई हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्