राष्ट्रसंघका पूर्व महासचिव अन्नानको निधन



काठमाडौँ ।

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको शनिबार निधन भएको छ । उनकोे ८० वर्षको उमेरमा निधन भएको हो ।

नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका अन्नान सन् १९९७ देखि २००७ सम्मका लागि दुई कार्यकालमा राष्ट्रसंघको महासचिव बनेका थिए ।

राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्