सडक सफा गर्दागर्दै भ्याकुम क्लिनरको आविष्कार



काठमाडौं, (नेस)
‘तपाई कहिल्यै सफलताबाट सिक्न सक्नुहुन्न। असफलताबाट सिक्नुहोस र त्यसको आनन्द उठाउनुहोस। असफलताबिना कोही उपलब्धि छैन।’ यो भनाइ बेलायती अर्बपति उद्यमी जेम्स डायसनको हो। जेम्स एक सफल उद्यमीका रूपमा मात्र नभई संघर्षको पर्यायका रूपमा पनि चिनिन्छन्।

जेम्सको जन्म सन् २ मे १९४७ मा भएको हो। कलाशास्त्रमा स्नातक गरे पनि उनले पत्ता लगाएको ‘भ्याकुम मेसिन’का कारण उनलाई एक कुशल इन्जिनियरका रूपमा चिनिन्छ। जेम्स बेलायतको क्रोमर, नोरफोरमा जन्मेका थिए। उनले ग्रेसहाम्स स्कुलबाट उच्च शिक्षा अध्ययन गरेका थिए। ५ वर्षको उमेरमा नै आमा गुमाएका जेम्सले १६ वर्षको उमेरमा आफ्ना बाबु पनि गुमाए। जब उनका पिताको क्यान्सरका कारण मृत्यु भयो त्यसपछि उनले आफ्नो वास्तविक जीवनमा आईपर्ने समस्याका बारेमा एक पछि अर्को पाठ सिक्न थाले।

‘मेरो बुबाको मृत्युपछिका दिनले मलाई जीवनको लामो दूरीको दौडमा पाइला चाल्न सिकायो। हरेक दिन आईपर्ने समस्याले मलाई नयाँ समाधानको पनि पाठ सिकाएर जान्थे।’ बीबीसी वल्र्डले तयार पारेको ‘टुमरोज वल्र्ड’ कार्यक्रममा जेन्सले भनेका छन्।

उनले १९६५ देखि १९६७ सम्म २ वर्ष ब्याम सअ् स्कुल अफ आर्टस्मा इतिहास विषय पढेर बिताए। त्यसपछि उनले ‘रोयल कलेज अफ् आर्टस्’मा फर्निचर र इन्टेरियर डिजाइनको कोर्स पढ्न शुरू गरे। सोही कलेजबाट उनले स्नातक उतीर्ण गरे। कला विषय अध्ययन गरे पनि जेम्सलाई केही नयाँ कुरा तयार पार्ने र त्यसको उपयोगिताका बारेमा परीक्षण गर्ने निकै सोख थियो। उनको पहिलो अनुसन्धानका रूपमा भने ‘बलब्यारो’ रहेको थियो। बलब्यारो उनले गाडीको टायरको विकल्पमा तयार पारेका थिए। जसको उद्देश्य थियो बलजस्तै गोलो वस्तुको सहायताबाट अर्को वस्तुलाई गुडाउनु। तर, उनको त्यो खोज स्थलमार्गका लागि सुहाँदो नदेखिए पनि जलमार्गका लागि डुंगामा भने प्रयोग हुन थाल्यो।

‘जेम्सले १९८३ मा ‘जी फोर्स’ नामबाट आधिकारिक रूपमा कम्पनी दर्ता गराएर उत्पादन थालनी गरे। तर, कुनै पनि उत्पादक तथा वितरकले उनको उत्पादनलाई बजारीकरणका लागि सहयोग गरेनन्। भ्याकुम क्लिनरको उपयोगिता बताउँदै उनी आफैं घर घरमा गए।’

रोयल कलेज पढ्दै गर्दा उनले सडक सफाईको काम गर्थे। हरेक बिहान ३÷४ बजे उठेर ८÷९ बजेसम्म सडक सफा गर्नु उनको दैनिकी थियो। रहेक दिन सडक सफाई गरेर फर्किदा उनी आफू भने पुरै धुलाम्मे हुन्थे। सोही कारण नै उनलाई धुलो सफा गर्ने कुनै मेसिन निर्माणको हुटहुटी चल्न थाल्यो। उसको नतिजाका रूपमा निस्कियो ‘इलेक्ट्रिक भ्याकुम क्लिनर।’

सन् ७० को दशकको मध्यतिर उनले ‘साइक्लिङ टेक्नोलोजी’को आधारमा रही सामान्य भ्याकुम क्लिनर बनाए। तर, त्यसको व्यावसायिकरण भने निकै ढिलो मात्र भयो। सन् १९८२ मा उनले आफ्नो कमाई र आफ्नो श्रीमतीको कमाइलाई आफैंले अनुसन्धान गरेको भ्याकुम क्लिनरको अवधारणा विकासमा लगानी गर्ने सोच बनाए। जेम्सले १९८३ मा ‘जी फोर्स’ नामबाट आधिकारिक रूपमा कम्पनी दर्ता गराएर उत्पादन थालनी गरे। तर, कुनै पनि उत्पादक तथा वितरकले उनको उत्पादनलाई बजारीकरणका लागि सहयोग गरेनन्। भ्याकुम क्लिनरको उपयोगिता बताउँदै उनी आफैं घर घरमा गए। एक–एक मेसिनको बिक्रीका लागि आफैंले ग्राहकको दैलो चहारे। जुन लगावले उनलाई विश्वभर आफ््नो उत्पादनको बजार बिस्तार गर्न मात्र सहयोग गरेन विश्वलाई एक नयाँ वस्तुका बारेमा पनि परिचित गरायो।

भ्याकुक क्लिनरको विश्व बजारीकरणमा भने जेम्सले सन् १९९१ मा जापानमा आयोजना भएको ‘इन्टरनेसनल डिजाइन फेयर प्राइज’ जितेपछि सम्भव भयो।

हाल उनी डायसन कम्पनीका मालिक पनि हुन्। चर्चित अमेरिकी पत्रिका फोब्र्सका अनुसार ७१ वर्षीय जेम्सको सम्पत्ति ५ दशमलव २ अर्ब अमेरिकी डलर छ भने विश्वका अर्बपतिको सूचीमा ३ सय २१औं स्थानमा छन्।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्