उच्च अदालतमा बैंकिङ कसुरका मुद्दाको ओइरो



काठमाडौं, (नेस)
विराटनगरस्थित उच्च अदालतमा चालू आर्थिक वर्षको पहिलो महिनामै बैंकिङ कसुर मुद्दाको ओइरो लागेको छ। गत वर्षमा १८ वटा मात्र बंैकिङ कसुरका मुद्दा दर्ता भएको अदालतको बाणिज्य इजलासमा चालू वर्षको साउन महिनामै ४५ वटा बैकिङ कसुर मुद्दा दर्ता भएका छन्।

उच्च अदालत विराटनगरका प्रवक्ता राजकुमार दाहालका अनुसार गत वर्ष बाणिज्य अदालतमा १८ वटा मुद्दा दर्ता भएका थिए भने चालू वर्षको साउनमै ४५ मुद्दा दर्ता भइसकेका छन्। अदालतमा दर्ता भएका बैंकिङ कसुर मुद्दा ६७ पुगे पनि गत वर्ष एउटा पनि फ्छार्कैट हुन सकेका थिएनन्। अवैध वित्तीय कारोबारमा प्रहरीले र बंैक ठगी अपराधमा बैंकले कडाई गर्न थालेसँगै उच्च अदालत विराटनगरमा बैंकिङ कसुरको मुद्दा पनि ओइरो लाग्न थालेको उच्च अदालत विराटनगरका प्रवक्ता दाहालले बताउनुभयो।

उहाँले बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतलाई हेर्ने अधिकार छैन र यस्ता कसुरका मुद्दा उच्च अदालतको बाणिज्य इजलासले मात्र हेर्नुपर्छ। १ नम्बर प्रदेश भरिका बैंकिङ कसुरका मुद्दा उच्च अदालत विराटनगरमा मात्र दर्ता हुन्छन्।
हाल उच्च अदालत विराटनगरमा कम्पनी दर्ता गराएर वित्तीय कारोबार गर्ने, दाखिला गर्नुपर्ने रकम हिनामिना गर्ने, किर्ते गरेर खराब कर्जा प्रवाह गर्ने र लिनेलगायत बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। हाल उच्च अदालत विराटनगरमा एपेक्स बैक, बाणिज्य बैक, सेञ्चुरी बंैकसँग सम्बन्धितसहित अवैध वित्तीय कारोबार गर्नेका विरुद्ध बैंकिङ कसुरका मुद्दा विचाराधीन छन्।

प्रतिक्रिया दिनुहोस्