किमको आरोप



सोल, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ–उनले अमेरिकालाई संकेत गर्दै शत्रुतापूर्ण शक्तिहरूले नाकाबन्दी गरी कोरियाली जनतालाई बर्बाद गर्न चाहेको उनले बताए। अमेरिकाले प्रतिबन्धको माध्यमबाट परमाणु कार्यक्रमलाई लिएर प्योङयाङमाथि दबाब बनाइरहेको छ। किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यसै वर्ष जुनमा सिंगापुरमा ऐतिहासिक बैठक भएको थियो। तर पनि सम्बन्ध अगाडि बढाउने दिशामा धेरै प्रगति भएको छैन। उसले अमेरिकामाथि पूर्ण परमाणु निशस्त्रीकरणका लागि ‘गुन्डागर्डी’ शैलीमा माग राखेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्