लोभी–पापीको जगत्



राम महर्जन
की.न.पा.–९, नगाउँ

मानव चेतनशील प्राणी भएर पनि
कीट पतङ्ग पशु पक्षी र जनावरसरि
अमानवीय व्यवहार गर्न अघि सर्छन्
यही हो मानवको कमजोरी

त्यसैले मानवहरू आफूलाई चाहिने
सुख शान्ति धन दौलत पाउन
हरदम हरपल लागिपर्छन्
के राम्रो के नराम्रो नसोची

सबै किसिमका प्राणीहरू
आ–आफ्नै जातिसँग भरसक
मिलेर बस्छन् सुरक्षाको लागि
यो उनीहरूको बाध्यता हो

तर पनि मानिस–मानिसहरूबीच
झैझगडा वादविवाद चल्छन्

आ–आफ्नो इच्छा आकांक्षा र स्वार्थ
पूरा गर्नमै ज्यान खतरामा परे पनि
हरप्राणी अमर अजम्बरी छैनन्

जानै पर्छ एकदिन यो जगत् छोडेर
अचेतन प्राणीहरूलाई त थाहा छैन

थाहा भए पनि चेतनशील प्राणी पनि त्यस्तै
राजनीतिज्ञहरू आपसमा तँछाड मँछाड
कमाउँछन् व्यापारीहरू कालोबजारी गरेर
लोभ गर्छन् लोभीहरू पापै गरेर

कमाउँछन् अधर्मीहरू हत्या हिंसा गरेर
सही सलामत छैन कि यो जगत् नै
झन्–झन् पापकर्म बढ्दै छन्

तल्लीन छन् अधर्मीहरू स्वार्थ पूरा गर्नमै
मतलब छैन दुःखीहरूको दुःखसँग।

प्रतिक्रिया दिनुहोस्