अमेरिकी गायिका अरिथाको निधन



प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७६ वर्षको उमेरमा निधन भएको छ। उनको अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा निधन भएको थियो। उनको निधनको खबर उनका पारिवारिक सदस्यले दिएका थिए।

गायनमार्फत १७ पटक ग्रामी अवार्ड जितेकी उनी पेटको क्यान्सरबाट ग्रसित थिइन्। क्विन अफ सौल (आत्माकी रानी) को उपनामले पनि चिनिने उनी शास्त्रीय र जनताका गीत गायनमा दख्खल थिइन्। सन् २०१० मा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि अस्वस्थ थिइन्।

प्रतिक्रिया दिनुहोस्