सर्वोच्चले छोडेलगत्तै फेरि समातिए प्रकाण्ड



नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले रिहाको आदेश दिएलगत्तै अदालत बाहिबाटै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाको आदेश दिएको थियो। रिहाको घोषण भएको केही मिनटमै महानगरीय प्रहरी परिसरले उनलाई सर्वोच्च बाहिरबाट फेरि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

साउन २३ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्