सन्दीपले दुई विकेट लिए



काठमाडौं, (नेस)
सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा २ विकेट लिएर आफ्नो टोली सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई जित दिलाउन महŒवपूर्ण भूमिका खेलेका छन्।
बुधबार राति भएको खेलमा नेपाली स्पिनर सन्दीपले जमैका तल्लावाहविरुद्धको खेलमा एकै ओभरमा २ विकेट लिएका हुन्।
उनले जमिरहेका केनर लेभिसलाई क्याच आउट गराए भने २ बलपछि एन्डे« म्याकार्थीलाई एलबीडब्ल्यूको धरापमा पारे। लेभिस एक रनबाट अर्धशतकबाट चुकेका थिए।

प्रतिक्रिया दिनुहोस्