महिला टोली पराजित



काठमाडौं, (नेस)
भुटानमा जारी दोस्रो यू–१५ महिला साफ च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलबाटै बाहिरिएको छ।
बिहीबार चाम्लिङ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो। भारतलाई कडा चुनौती दिए पनि नतिजा नेपालविरुद्ध र≈यो।
भारतका लागि लेन्डाले ३०औं मिनेटमा गोल गरेर अग्रता दिए पनि रजनी ठोकरले ७ मिनेटपछि गोल फर्काएर खेल बराबरीमा ल्याइन्। ७५औं मिनेटमा क्रिटिना देवीले गोल गरेपछि नेपाल २–१ ले पछि परेको थियो।

प्रतिक्रिया दिनुहोस्