द वाइल्ड रिपर्स  क्रुसँगै जालैमा



नेपाल र भारतमा ख्याति आर्जन गर्न सफल नेपाली नृत्य कलाकारहरूको समूह द वाइल्ड रिपर्स क्रुलाई फिचरिङ गरी गायक सन्तोष कालिकोटे आफ्नो नयाँ गीतको म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन्।
जालैमा जालैमा बोलको गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो। गीतमा डम्बर हिङमाङको शब्द र संगीत छ भने गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। क्रु केही वर्षअघि भारतीय टेलिभिजन च्यानल स्टार प्लसद्वारा प्रसारित डान्स रियालिटी शो डान्स प्लस टुमा फाइनलिस्ट हुन सफल समूह हो। समूहले नेपाल तथा भारतका थुप्रै स्टेज कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गरी नेपाली र भारतीयको मन जित्दै आएको छ। म्युजिक भिडियोमा मोडल रीता कट्टेललाई पनि फिचरिङ गरिएको छ। अर्जुन अधिकारीद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्