शिक्षण संस्थामा विस्फोट, ४८ को मृत्यु



कावुल,(एजेन्सी)
अफगानिस्तानको राजधानी कावुल स्थित एउटा शैक्षिक केन्द« विहिवार भएके शक्तिशाली बम विस्फोटनमा ४८ जना मानिसको ज्यान जानुका साथै अन्य ६७ जना घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रहरीले पढाई भइरहेको सो केन्द«मा हिंडेरै प्रवेश गरेका एक व्यक्तिले आत्मघाती विस्फोट गराएको जानकारी दिएको छ । मारिनेमा विश्वविद्यालयको प्रवेश परिक्षाका लागि त्यहाँ विशेष कक्षा लिँदै गरेका किशोर किशोरीहरु परेको बताइएको छ ।

त्यसैगरी उत्तरी प्रान्त बाघलानमा भएको अर्को आक्रमणमा कम्तिमा ९ जना प्रहरी र ३५ जना सैनिक मारिएको पनि अधिकारीहरुले बताएका छन् । कावुलको सिया मुशिलम बाहुल्य स्थानमा भएको यस आक्रमणमा तालिवान लडाकुहरुले आफ्नो कुन ैहात नभएके स्पष्ट पारिसकेका छन् ।

इस्लामिक स्टेट (एसआइ ) समुहको सुन्नी अतिवादी मुश्लिमहरुले अफगानिस्तानका सिया समुदाय माथि वारम्वार आक्रमण गर्दै आएका छन् । हालै तालिवानले अफगानिस्तानमा रेडक्रसका कर्मचारीहरुलाई अब देखि सुरक्षित स्थान दिन नसकिने बताएको छ । केहि समय यता पुर्वी शहर घाज्नी लगायत अफगानिस्तानका विभिन्न स्थानमा तालिवान आक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ ।

गत वर्षको इदकोबेला तालिवान लडाकु र सरकारी सुरक्षाफौजले तीन दिने युद्ध विराम घोषणा गरेका थिए । तालिवान समस्याको स्थायी समाधानका लागि अमेरिका र संयुक्त राष्ट्र संघले पहल गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्