मेक्सिकोका बिद्यार्थीले विशेष सुरक्षा ज्याकेट बनाए



मेक्सिकोसिटी,(एजेन्सी)
मेक्सिकोका चारजना बिद्यार्थीले आक्रमणहरुबाट जोगाउने विशेष प्रकारको ज्याकेट विकास गरेको छ । त्यो ज्याकेटको बाहुलाले आक्रमणकारीलाई बिजुलीका ेझट्का दिन सकने बताइएको छ ।

ति बिद्याथीहरुले शहरमा थुप्रै यौन आक्रमणका घटना बढ्न थालेपछि यस्तो ज्याकेट बनाउने विचार पलाएको बताएक छन् । तिनीहरुले सो ज्याकेटबाट निस्कने बिजुलीको झट्का त्यति शक्तिशाली नभएपनि आक्रमणकारीलाई भगाउन काफी भएके बताएक छन् ।

‘ वुमन वेरावल ’ नाम दिइएको उक्त नमुना ज्याकेट मेकाट्रोनिक्स इन्जिनियरिंगका बिद्यार्थी अनेद पार्रा क्विरोज र एस्थेला गोमेज तथा रावोटिक्स विद्यार्थी गिवान पार्क र कानु शास्त्रका विद्यार्थी ग्वादालुपे माट्रिनेजले मिलेर बनाएक हुन् ।

तिनीहरु सबै मोन्टेर्री इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड हायर एज्युकेसनको प्युवेला कलेजका बिद्यार्थी हुन् । तिनीहरुले आफ्ना अधिकांश महिला साथीहरुले जीवनमा कम्तिमा एक पटक भएपनि आफुहरुले यौन आक्रमण भोग्नु परेको बताएके जानकारी दिएका छन् ।

प्युवेला राज्यमा झण्डै दिनहुँ जस्तो महिलाहरु माथि कम्तिमा तीन वटा यौन आक्रमणका घटना हुने गरेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । तिनीहरुले कटनको ट्रयाकसुट ज्याकेट किनेर त्यसमा नौ भोल्टको व्याट्री , एउटा ट्रान्सफर्मर , र तारहरु जडान गरेर त्यसमा अन र अफ गर्न लिड लाइट प्रयोग गरेका छन् । रोवोटिक्स बिद्यार्थी गिवान पार्कले सक्यु)टको डिजाइन गरेका हुन् ।

उनले बटन अन गरिएपछि सो ज्याकेटको बाहुलामा इलेक्ट्रोड प्रसार हुने र त्यस्तो अवस्थामा आक्रमणकारीले छुनासाथ उनलाई बिजुलीको झट्का लाग्ने बताएका छन् ।

तिनीहरु यस्तै प्रकारका ब्लाउज , स्कर्ट र ट्राउजर पनि बनाउने योजनामा रहेका छन् । तिनीहरुले अहिले यस ज्याकेटको मुल्य ५० अमेरिकी डलर तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्