स्विजरल्यान्ड: अमेरिका ससंकित



जेनेभा (एजेन्सी)
एक रहस्यमयी रुसी भुउपग्रहले देखाइरहेको ‘अन्यन्त असाधारण ब्यवहार‘ले अमेरिकाको होस उडाइरहेको अमेरिकी विदेश मन्त्रालयका एका अधिकारीले बताए । स्विजरल्यान्डको एक सम्मेलनमा सहायक यलिम पोब्लेटले भनिन्– हामीलाई यो के हो भन्ने थाहा छैन , यसलाई थाहा पाउने कुनै उपाय पनि छैन ।

‘ उक्त बस्तु कुनै हतियार नै हुनसक्ने भन्न पनि असम्भव जस्तै भएको उनले बताइन् । रुसले आसंकाका आधारमा गरिएको उक्त टिप्पणीलाई खारेज गरिसकेको छ । रुसले गत अक्टोबरमा प्रक्षेपण गरेको उक्त उपग्रह कक्षमा अस्थिर हुने गरेको र यसअघिका अवलोकनमा कुनै पनि बस्तुमा त्यस्तो नदेखिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्