ट्रम्पविरुद्ध अमेरिकी अखबारमा सम्पादकिय



न्युयोर्क (एजेन्सी)
अमेरिकी अखबारहरुले आफना समाचारलाई फर्जी र पत्रकारहरुलाई जनताको शत्रु भनेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त आरोप विरुद्ध विहिबार सम्पादकीय लेख्ने निर्णय लिएका छन् ।

बोस्ट ग्लोबले देशका अखबारलाई प्रेसको पक्षमा उभिन र विहिबार यस सम्बन्धमा सम्पादकिय प्रकाशित गर्न भनेका थिए । त्यसको लगत्तै न्युयोर्क टाइम्स र केही साना अखबार पनि अगाडी आएका छन् ।

यी मध्य कयौं सम्पादकिय बुधबार नै अनलाइनमा देखिन थालेका थिए । ग्लोबका सम्पादक मार्जोरी प्रिचर्डका अनुसार करिब ३ सय ५० समाचार संगठन यस अभियानमा सहभागी हुने बताइएको छ । सेन्ट लुइसमा पोस्ट डिस्पाचले संवाददाताहरुलाई ‘सच्चा देशभक्त‘ बन्नका लागि आह्वान गरेको छ । ‘द सिकागो सन टाइम्स‘ले ट्रम्प अनर्गल कुरा गरिरहेको अधिकांश अमेरिकीलाई थाहा भएको बताए ।

एनसी अब्जर्भरका प्mयट्टेविलले ट्रम्प रुक्छ भन्ने अपेक्षा छ तर आफुहरुले धेरै अपेक्षा गरेर नबसेको बताए । नर्थ क्यारोलिनाको अखबारले भनेको छ , यसको सट्टा हामीले अपेक्षा गर्छौं, सबै राष्टपति समर्थकले महसुस गरुन् की उनीहरुले के गरिरहेका छन् । उनीहरु जे चाहिरहेको हो, यसका लागि वास्तविकतासँग खेलवाड भइरहेको छ ।

केहि अखबारले आफनो कुरा राख्न इतिहासबाट प्राप्त शिक्षाको प्रयोग गरेका छन् । यसता अखबारमा एलिजावेथटाउन पेनबाट प्रकासित हुने एलिजावेथ एडभोकेट परेको छ । न्ययोर्क टाइम्सले पनि यस मामिलामा टिप्पणी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्