भारत: बाढीमा ७३ मारिए



नयाँदिल्ली,(एजेन्सी)
दक्षिणी भारतिय राज्य केरलामा भिषण मनसुन वर्षाको कारण आएको बाढीमा कम्तिमा ७३ जना मानिसको ज्यान गइसकेको तथा ८५ हजार भन्दा बढि व्यक्ति विस्थापित भइसकेको सरकारी अधिकारीहरुले विहिवार बताएका छन् ।

राज्य सरकारले विमानस्थल पनि बन्द गरिएको तथा अधिकांश व्यक्तिको पहिरोमा पुरिएर मृत्यु भएको जनाएको छ । धावन मार्ग जलमग्न भएको कारण कोचिन अन्तर्राष्ट्रिय विमानस्थल १८ अगष्ट सम्मका लागि बन्द गरिएको छ । भारतको मौसम तथा जलवायु विभागले राज्यमा रेड अलर्ट जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्