वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी घोषणा



काठमाडौं । वाईवाई ग्लोकल टिन हिरो २०१८ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ ।

देश भरिका किशोर किशोरीबाट कुल ५३२ आवेदन आएको थियो । आवेदकहरुले आफँ समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिङ, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका छन् ।

वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा आविष्कारतर्फ विकल्प ढुंगाना, लेखिका दीपशिखा घिमिरे, सामाजिक अभियन्ता–प्रसंशा केसी, उद्यमी– सौगात तिवारी, इकोप्रेनेर– सुदर्शन सुवेदी र सामाजिक उद्यमी– स्वर्र्णीम श्रेष्ठ रहेका छन् ।

वाईवाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर –किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यो कार्यक्रम गरिएको हो ।

अन्तिम प्रतिस्पर्धीको एकसातासम्म क्षमता विकास तालिम हुनेछ। एसएमइस भोटिङ राउन्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तर्वार्ताको आधारमा यो वर्षको टिन हिरो छानिने छ ।
ग्लोकल टिन हिरोको पुरस्कार १ सेप्टेम्बरमा प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्